Class 8: एकाइ एकः हामी र हाम्रो समाज

 हामी र हाम्रो समाज

समूह क  अति छोटो उत्तर आउने प्रश्नहरु । ( १ अंक)

१. विकास गर्न के गर्नुपर्छ ? दुई वाक्यमा लेख्नुहोस् ।

क) विकास गर्न उचित योजना बनाएर कार्यान्वयन गर्नुपर्छ ।

ख) स्रोत साधनको सही परिचालन गर्नुपर्छ ।

२. आर्सेनिक भनेको के हो ?

आर्सेनिक एउटा विषाक्त तत्व हो, जुन पानी तथा माटोमा पाइन्छ र स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

३. खानेपानीलाई किन विकासको पूर्वाधार मानिएको हो ? एक वाक्यमा पुष्टि गर्नुहोस् ।

खानेपानी स्वस्थ जीवन, सरसफाई, कृषि र उद्योगको विकासका लागि अति आवश्यक वस्तु भएकोले यसलाई यसलाई विकासको पूर्वाधार मानिएको हो ।

४. नेपालमा कति जलविद्युत उत्पादन गर्न सकिन्छ ?

नेपालमा करिब ८३,००० मेगावाट जलविद्युत उत्पादन गर्न सकिन्छ ।

५. नेपालको पहिलो जलविद्युत परियोजना कुन हो र यो कहिले सञ्चालनमा आएको थियो ?

नेपालको पहिलो जलविद्युत परियोजना फर्पिङ जलविद्युत आयोजना हो । जुन सन् १९११ मा सञ्चालनमा आएको थियो ।

६. किन सबै प्रकारका जनशक्तिको विकास गरिनुपर्छ ?

सबै प्रकारका जनशक्तिको विकास समाजको समग्र प्रगति, समतामूलक अवसर, र दिगो विकासका लागि आवश्यक हुन्छ त्यसैले सबै प्रकारका जनशक्तिको विकास गरिनुपर्छ ।

७. तपाईँले कहिल्यै कामलाई ठुलो र सानो भनी भेदभाव गर्ने व्यक्ति भेट्नुभएको छ ? यस्तो व्यक्तिलाई तपाईँ के भनेर सम्झाउनुहुन्छ ?

मैले त्यस्तो व्यक्ति भेटेमा उसलाई कुनै पनि काम सानो–ठूलो नहुने, सबै काम महत्त्वपूर्ण हुने र सम्मानका साथ गर्नुपर्ने कुरा सम्झाउने थिएँ ।

८. हामीलाई दक्ष जनशक्ति किन चाहिन्छ ?

हामीलाई दक्ष जनशक्ति चाहिन्छ किनभने दक्ष जनशक्तिले आधुनिक प्रविधिको प्रयोग, उत्पादकत्व वृद्धि, र समस्या समाधानमा योगदान दिन्छन् ।

९. विकास भनेको के हो ?

विकास भनेको समाज, अर्थतन्त्र, पूर्वाधार, र जीवनस्तरको सुधारसहितको निरन्तर परिवर्तन प्रक्रिया हो ।

१०. विकासका पूर्वाधार भनेको के हो ?

विकासका पूर्वाधार भन्नाले यातायात, सञ्चार, ऊर्जा, स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता आधारभूत संरचनाहरू बुझिन्छ, जसले आर्थिक तथा सामाजिक विकासलाई सहयोग गर्छ।

११. विकासका कुनै दुई महत्व लेख्नुहोस् ।

विकासका दुई महत्व निम्नलिखित छन् ।

    १. विकासले जीवनस्तर सुधार गर्छ ।

    २. यसले आर्थिक समृद्धि ल्याउँछ ।

१२. विकसित देशका कुनै दुईओटा उदाहरण दिनुहोस् ।

विकसित देशका दुईओटा उदाहरण अमेरिका.र जापान हुन् ।

१३. ऊर्जा भनेको के हो ?

ऊर्जा भन्नाले काम गर्न सक्ने शक्ति वा क्षमता हो, जुन विभिन्न स्रोतहरूबाट प्राप्त गर्न सकिन्छ, जस्तै जलविद्युत, सौर्य ऊर्जा, वा इन्धन ।

१४. ऊजा सङ्कट भनेको के हो ?

ऊर्जा सङ्कट भन्नाले उर्जा स्रोतहरूको अभाव वा सीमित आपूर्तिका कारण उत्पन्न समस्या बुझिन्छ, जसले उद्योग, यातायात, र दैनिक जीवनमा असर पार्छ ।

१५. दक्ष जनशक्तिको परिभाषा दिनुहोस् ।

दक्ष जनशक्ति भन्नाले विशेष सीप, ज्ञान, र अनुभव भएका श्रमिक वा कामदारलाई बुझिन्छ, जसले कुनै क्षेत्रमा प्रभावकारी रूपमा कार्य गर्न सक्छन् ।

१६. नेपालमा सञ्चलित कुनै दुईवटा आयोजनाहरुको नाम लेख्नुहोस् ।

नेपालमा सञ्चालित दुईओटा आयोजनाहरुको नाम यस प्रकार छ ।

    १. माथिल्लो तामाकोसी जलविद्युत आयोजना

    २. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना

१७. शुद्ध खानेपानी भन्नाले के बुझिन्छ ?

शुद्ध खानेपानी भन्नाले हानिकारक जीवाणु, रसायन तथा फोहरमुक्त सुरक्षित र स्वास्थ्यकर पानीलाई बुझिन्छ, जुन पिउन उपयुक्त हुन्छ ।

१८. उर्जाका कुनै दुई श्रोतको नाम लेख्नुहोस् ।

उर्जाका दुई श्रोतहरु सौर्य ऊर्जा र जलविद्युत हुन् ।

१९. खानेपानीको महत्व दुई बुँदामा लेख्नुहोस् । 

खानेपानीको महत्वलाई निम्न दुई बुँदामा उल्लेख गर्न सकिन्छ ।

    १. खानेपानी स्वास्थ्यका लागि आवश्यक छ किनभने यसले रोगहरूबाट बचाउँछ।

    २. यो कृषि, उद्योग, र दैनिक जीवनका लागि अत्यावश्यक स्रोत हो।

२०. जनशक्तिले विकासमा कसरी सहयोग गर्न सक्छ ? एक वाक्यमा लेख्नुहोस् । 

जनशक्तिले विकासमा श्रम, सीप, र नयाँ प्रविधिमार्फत उत्पादन तथा सेवाहरू वृद्धि गरी सहयोग गर्छ ।

२१. सङ्घीय राज्य भन्नाले के बुझिन्छ ?

सङ्घीय राज्य भन्नाले विभिन्न स्वायत्त क्षेत्रीय सरकारहरू मिलेर बनेको राज्यलाई बुझिन्छ, जहाँ शक्ति केन्द्रीय, प्रादेशिक, र स्थानीय तहमा बाँडिएको हुन्छ ।

२२. सङ्घीयता भनेको के हो ?

सङ्घीयता भनेको सरकारको अधिकार विभिन्न तहमा बाँड्ने प्रणाली हो, जसमा केन्द्रीय, प्रादेशिक, र स्थानीय सरकारहरू समावेश हुन्छन् ।

२३. नेपालमा संघीय प्रणाली अन्तर्गत कति तहका सरकार छन् ?

नेपालमा सङ्घीय प्रणाली अन्तर्गत तीन तहका सरकार छन्ः संघीय सरकार, प्रादेशिक सरकार, र स्थानीय सरकार ।

२४. स्थानीय सरकारको परिचय दिनुहोस् ।

स्थानीय सरकार भन्नाले गाउँपालिका, नगरपालिका, र महानगरपालिकाहरूलाई बुझिन्छ, जुन नागरिकका दैनिक आवश्यकताहरू सम्बोधन गर्न नजिकबाट काम गर्छ।

२५. प्रादेशिक सरकार भनेको के हो ?

प्रादेशिक सरकार भन्नाले प्रदेशस्तरमा सञ्चालन हुने सरकारलाई बुझिन्छ, जसले प्रदेशभित्रका प्रशासनिक, कानुनी, र विकासका कामहरू सञ्चालन गर्छ।

२६. जनताका लागि सबैभन्दा नजिकको सरकार कुन हो ?

जनताका लागि सबैभन्दा नजिकको सरकार स्थानीय सरकार हो, किनभने यसले प्रत्यक्ष रूपमा जनताको समस्या समाधान गर्छ।

२७. नेपालमा सङ्घीयताको महत्वलाई दुई बुँदामा उल्लेख गर्नुहोस् ।

नेपालमा सङ्घीयताको महत्वलाई निम्नलिखित दुई बुँदामा उल्लेख गर्न सकिन्छ ।

    १. सङ्घीयताले स्थानीय स्रोतसाधनको उचित प्रयोग गर्दै समान विकासलाई प्रवद्र्धन गर्छ ।

    २. यसले जातीय, क्षेत्रीय, र सांस्कृतिक विविधतालाई आत्मसात् गरी समावेशी शासन प्रणाली स्थापित गर्छ ।

२८. तपाईँ बसोबास गरेको प्रदेशको प्रादेशिक राजधानी कहाँ रहेको छ ?

म बसोबास गरेको प्रदेश लुम्बिनी प्रदेश हो र यसको प्रादेशिक राजधानी दाङ्ग जिल्लाको देउखुरीमा रहेको छ ।

२९. तपाईँ बसोबास गरेको प्रदेशका कुनै दुईओटा धार्मिक स्थलको नाम लेख्नुहोस् ।

म बसोबास गरेको प्रदेश लुम्बिनी प्रदेशका दुईओटा धार्मिक स्थलहरु अर्घाखाँचीको सुपादेउराली र पाल्पाको भैरवस्थान हो ।

३०. बागमती प्रदेशमा बसोबास गर्ने कुनै दुईओटा जातजातिको नाम लेख्नुहोस् ।

बागमती प्रदेशमा बसोबास गर्ने दुईओटा जातजातिको नाम नेवार र तामाङ हो ।

३१. बागमती प्रदेशमा अवस्थित कुनै दुईओटा हिमचुचुराहरुको नाम लेख्नुहोस् ।

बागमती प्रदेशमा अवस्थित दुई हिमचुचुराहरु गौरिशंकर हिमाल र लांगटाङ हिमाल हुन् ।

३२. कोशी प्रदेशको क्षेत्रफल कति छ ?

कोशी प्रदेशको क्षेत्रफल २५,९०५ वर्ग किलोमिटर छ ।

३३. कोशी प्रदेशका कुनै दुईवटा धार्मिक स्थलहरुको नाम लेख्नुहोस् ।

कोशी प्रदेशका दुई धार्मिक स्थलहरु पथिभरा मन्दिर (ताप्लेजुङ) र वराहक्षेत्र (सुनसरी) हुन् ।

३४. बागमती प्रदेशमा उत्पादन हुने कुनै दुईवटा नगदेबालीहरुको नाम लेख्नुहोस् ।

बागमती प्रदेशमा उत्पादन हुने दुई नगदेबालीहरु अदुवा र कफी हुन् ।

३५. नेपालको खानेपानीमा देखिएका कुनै दुईवटा समस्याहरु लेख्नुहोस् ।

नेपालको खानेपानीमा देखिएका दुई समस्याहरू यस प्रकार छन् ।

    १. भौगोलिक जटिलताका कारण शुद्ध खानेपानीको अभाव

    २. पानीमा आर्सेनिक तथा अन्य प्रदूषणको समस्या

३६. लुम्बिनी प्रदेशका कुनैवटा प्रमुख प्रयटकीय स्थलको नाम लेख्नुहोस् । 

लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय स्थलहरु लुम्बिनी (गौतम बुद्ध जन्मस्थल) र तानसेन दरबार (पाल्पा) हुन् । 

छोटो उत्तर आउने प्रश्नहरु । (३ अङ्क) प्र.नं. १० को लागि

१. काठमाण्डौँ तराई दु्रतमार्गका बारेमा निम्न बुँदाका आधारमा विवरण तयार पार्नुहोस् ।

क) परियोजनको उद्देश्य

ख) परियोजनाको क्षेत्र

ग) परियोजना सहयोगी संस्था

घ) परियोजना निर्माणको औचित्य

काठमाण्डौँ–तराई द्रुतमार्गका बारेमा विवरण

क) परियोजनाको उद्देश्य

१. काठमाण्डौँ उपत्यकालाई तराईसँग छिटो र सहज रुपमा जोड्ने ।

२. यातायात समय घटाई आर्थिक क्रियाकलापलाई प्रवर्धन गर्ने ।

३. आपतकालीन अवस्थामा सहज आवागमनको व्यवस्था गर्ने ।

ख) परियोजनाको क्षेत्र

यो द्रुतमार्ग काठमाण्डौँ उपत्यकाबाट सुरु भएर मकवानपुर, बारा, र पर्सा जिल्लाहरू हुँदै तराईको निजगढमा पुग्छ ।

यसमार्गको कुल लम्बाइ ७२.५ किलोमिटर छ।

ग) परियोजना सहयोगी संस्था

नेपाल सरकारको रक्षा मन्त्रालय अन्तर्गत नेपाली सेनाले निर्माणको जिम्मा लिएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय परामर्शदाता तथा इन्जिनियरिङ फर्महरूको परामर्श लिइएको छ ।

घ) परियोजना निर्माणको औचित्य

१. हालको यातायात प्रणाली समय लम्बिएको र महँगो भएकाले यसको आवश्यकता परेको हो ।

२. भौगोलिक कठिनाइका कारण वैकल्पिक मार्गहरू प्रभावकारी नभएकाले द्रुतमार्ग आवश्यक छ ।

३. नेपालको आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्न र काठमाण्डौँलाई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रसँग जोड्न ।

द्द। नेपाल किन विकासमा पछि परेको छ ? कुनै ४ कारणहरु व्याख्या गर्नुहोस् । 

नेपाल विकासमा पछि परेका चार कारणहरु निम्नलिखित छन् ः

अस्थिर राजनीति – बारम्बार सरकार परिवर्तनका कारण दीर्घकालीन नीतिको अभाव ।

अविकसित पूर्वाधार – यातायात, शिक्षा, स्वास्थ्य, र ऊर्जा क्षेत्र कमजोर भएकोले ।

दक्ष जनशक्तिको अभाव – जनशक्ति विदेशिने प्रवृत्ति र दक्षताको कमी ।

भ्रष्टाचार र कुशासन – स्रोत साधनको दुरुपयोग र पारदर्शिताको अभाव ।

घ। विकसित र अल्पविकसित देशबीच फरक छुट्याउनुहोस् ।

विकसित र अल्पविकसित देशहरुबीच फरक निम्नानुसार छन् ।

विकसित देश अल्पविकसित देश

१. उच्च आयस्तर न्यून आयस्तर

२. आधुनिक पूर्वाधार अविकसित पूर्वाधार

३. राम्रो स्वास्थ्य सेवा आधारभूत स्वास्थ्य सेवाको अभाव

४. दक्ष जनशक्ति उपलब्ध दक्ष जनशक्तिको अभाव

५. वैज्ञानिक तथा प्रविधिको उच्च प्रयोग प्रविधि प्रयोगमा पछाडि

द्ध। विकासको महत्वलाई तीन बुँदामा उल्लेख गर्नुहोस् ।

विकासको महत्वलाई तीन बुँदाहरूमा यसरी उल्लेख गर्न सकिन्छ ।

क) आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने ।

ख) जनताको जीवनस्तर सुधार गर्ने ।

ग) रोजगारीका अवसरहरू सिर्जना गर्ने ।

छ। “विकास बहुआयामिक हुन्छ”, यस भनाइलाई पुष्टि पार्नुहोस् ।

“विकास बहुआयामिक हुन्छ“ – यस भनाइलाई निम्न बुँदाका आधारमा पुष्टि गर्न सकिन्छ ।

आर्थिक पक्षः रोजगारी सिर्जना, औद्योगीकरण, व्यापार प्रवद्र्धन ।

सामाजिक पक्षः शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता ।

पर्यावरणीय पक्षः दिगो विकास, प्राकृतिक स्रोतको संरक्षण ।

राजनीतिक पक्षः स्थायित्व, सुशासन, कानूनी संरचना सुधार ।

सांस्कृतिक पक्षः सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन ।

ट। विकास आयोजनाको सञ्चालनबाट हामीलाई के कस्ता फाइदाहरु हुन्छन्, उल्लेख गर्नुहोस् ।

। विकास आयोजनाको सञ्चालनबाट हुने फाइदाहरूलाई निम्नलिखित बुँदामा उल्लेख गरिएको छ । 

क) रोजगारी सिर्जना हुन्छ ।

ख) पूर्वाधारको विकास भई यातायात र सञ्चार सुविधा राम्रो हुन्छ ।

ग) औद्योगीकरणको प्रवद्र्धन हुन्छ ।

घ) स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार आउँछ ।

ङ) आर्थिक वृद्धिलाई टेवा पुग्छ यढ।

ठ। नेपालको जनशक्ति पलायनलाई रोक्ने कुनै तीन उपायहरुको सूची बनाउनुहोस् ।

नेपालको जनशक्ति पलायनलाई रोक्ने कुनै तीन उपायहरु निम्न हुन सक्छन् ।

क) देशभित्र रोजगारी सिर्जना गर्ने ।

ख) शिक्षा र तालिम प्रणालीलाई व्यवहारिक बनाउने ।

ग) रोजगारका लागि आकर्षक वातावरण निर्माण गर्ने।

ड। नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृतलाई लोडसेडिङ अन्त्य गरेकोमा प्रशंसा गर्दै एउटा पत्र लेख्नुहोस् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृतलाई प्रशंसा गर्दै लेखिएको पत्र

श्री कार्यकारी अधिकृतज्यू,

नेपाल विद्युत प्राधिकरण,

काठमाडौं, नेपाल ।


महोदय,

म लोडसेडिङ अन्त्य गर्ने महत्वपूर्ण कार्यका लागि तपाईंलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । नेपालमा वर्षौंसम्म लोडसेडिङका कारण जनजीवन निकै प्रभावित भएको थियो । तपाईंको कुशल नेतृत्वमा देशभरि नै विद्युत आपूर्तिको सुधार भएको छ ।

तपाईंको यो प्रयासले उद्योग, व्यापार, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ । नेपाली जनताले उज्यालो नेपालको सपना पूरा भएको महसुस गरिरहेका छन् । भविष्यमा पनि यस्तै सकारात्मक कार्यहरूको निरन्तरता रहने आशा राख्दै पुनः धन्यवाद व्यक्त गर्न चाहन्छु ।

शुभेक्षा सहित,

शद्र्धा पौडेल

ृबाणगंगा–६, क.व.

ढ। मानव जीवनमा खानेपानीको महत्वलाई पाँच बुँदामा लेख्नुहोस् ।

मानव जीवनमा खानेपानीको महत्वलाई निम्न पाँच बुँदामा लेख्न सकिन्छ । 

स्वास्थ्यको लागि आवश्यक ः सफा पानीको अभावले विभिन्न रोगहरू फैलन सक्छन् ।

मानव शरीरको आवश्यक तत्वः शरीरलाई हाइड्रेटेड राख्न पानी अनिवार्य हुन्छ ।

खाद्य उत्पादनको लागिः कृषि तथा पशुपालनमा पानीको ठूलो भूमिका छ ।

उद्योग तथा व्यापारको लागिः विभिन्न उद्योगहरूलाई प्रशोधनको लागि पानी आवश्यक पर्छ ।

पर्यावरणीय सन्तुलनका लागिः नदी, ताल, र वातावरणीय संरक्षणमा पानीको महत्वपूर्ण भूमिका हुन्छ ।

ज्ञण्। दक्ष जनशक्ति भनेको के हो ? देशको विकासमा दक्ष जनशक्तिको भूमिका उल्लेख गर्नुहोस् ।

दक्ष जनशक्ति भनेको तालीमप्राप्त, सीपयुक्त, अनुभवी तथा दक्षतायुक्त कामदार वा कर्मचारीलाई जनाउँछ ।

देशको विकासमा दक्ष जनशक्तिको भूमिकाः

क) उद्योग र व्यापार प्रवद्र्धनः दक्ष जनशक्तिले नवीनतम प्रविधिको उपयोग गरेर उत्पादकत्व बढाउँछ।

ख) वैज्ञानिक तथा प्रविधि विकासः अनुसन्धान तथा प्रविधिको प्रयोगमार्फत देशलाई आत्मनिर्भर बनाउँछ।

ग) सरकारी तथा निजी क्षेत्र सुधारः नीति निर्माण, प्रशासनिक दक्षता, तथा सुशासनमा मद्दत गर्छ।

घ) वैदेशिक मुद्रा आर्जनः दक्ष जनशक्तिले विदेशमा राम्रो रोजगारी पाई देशको अर्थतन्त्रमा योगदान गर्छ।

ज्ञज्ञ। नेपालमा बेरोजगारी समस्या बृद्धि हुनुका कारणहरु के के हुन् ? लेख्नुहोस् ।

नेपालमा बेरोजगारी समस्या वृद्धि हुनुका कारणहरू निम्नानुसार छन् । 

क) औद्योगिकीकरणको अभाव – नेपालमा ठूला उद्योग र व्यावसायिक क्षेत्रको अभावले रोजगारी सिर्जना गर्न कठिन भएको छ ।

ख) शिक्षा प्रणाली र सीपको अभाव – शिक्षाले रोजगारीको मागअनुसारको सीप दिन नसक्दा युवाहरू बेरोजगार भइरहेका छन् ।

ग) राजनीतिक अस्थिरता – लगानीकर्ताहरूमा विश्वासको अभाव भएकाले नयाँ रोजगारी सिर्जना हुने अवसर कम छन् ।

घ) वैदेशिक रोजगारीको आकर्षण – धेरै युवा विदेश जान रुचाउने प्रवृत्तिले स्वदेशमै रोजगारीका अवसर घटिरहेका छन्।

ङ) कृषिमा यान्त्रीकरण र आधुनिक प्रविधिको अभाव – कृषिमा श्रमिकहरूको संलग्नता कम भई बेरोजगारी बढ्दै गएको छ।

ज्ञद्द। ऊर्जाका प्रमुख चार स्रोतहरु लेखी ऊर्जाको महत्व लेख्नुहोस् । 

ऊर्जाका प्रमुख चार स्रोतहरू निम्नलिखित छन् ।

क) जलविद्युत् 

ख) सौर्य ऊर्जा 

ग) पेट्रोलियम पदार्थ –

घ) वायु ऊर्जा 

ऊर्जाको महत्व

ऊर्जा आधुनिक जीवनको अभिन्न अंग हो। यसले उद्योग, व्यापार, यातायात, सञ्चार, कृषि तथा स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँछ। ऊर्जा विकास नभए मुलुकको आर्थिक तथा सामाजिक विकास असम्भव छ ।

ज्ञघ। ऊर्जा सङकट भनेको के हो ? उर्जा सङ्कट उत्पन्न हुन नदिने पाँचवटा उपायहरु लेख्नुहोस् ।

ऊर्जा सङ्कट भन्नाले आवश्यक मात्रामा ऊर्जा प्राप्त गर्न नसक्नु हो। नेपालमा जलविद्युत् उत्पादन क्षमताभन्दा कम प्रयोग हुँदा र ऊर्जा व्यवस्थापन कमजोर हुँदा ऊर्जा सङ्कट बढेको छ।

ऊर्जा सङ्कट उत्पन्न हुन नदिने पाँच उपायहरु निम्नलिखित छन् ः

क) नवीकरणीय ऊर्जा स्रोतहरूको अधिकतम उपयोग – जलविद्युत्, सौर्य, वायु, बायोग्यास जस्ता स्रोतहरूको प्रवद्र्धन।

ख) ऊर्जा खपतमा मितव्ययिता अपनाउने – अनावश्यक ऊर्जा खपत कम गर्ने र विद्युतीय साधनहरूको प्रभावकारी प्रयोग।

ग) विद्युत् चोरी रोक्ने – ऊर्जा व्यवस्थापनमा सुधार ल्याएर नोक्सान रोक्ने।

घ) उद्योग तथा घरायसी क्षेत्रमा ऊर्जा दक्षता प्रवद्र्धन गर्ने – ऊर्जा बचत गर्न प्रविधि सुधार गर्ने।

ङ) विदेशी ऊर्जा स्रोतहरूमा निर्भरता घटाउने – स्वदेशी ऊर्जा उत्पादनमा जोड दिने।

ज्ञद्ध। देश विकासमा जनशक्तिको भूमिका वर्णन गर्दै दक्ष जनशक्ति उत्पादनका कुनै तीन उपायहरु लेख्नुहोस् ।

देश विकासका लागि दक्ष, सक्षम, शिक्षित र सीपयुक्त जनशक्ति अपरिहार्य हुन्छ। आर्थिक, सामाजिक, भौतिक, तथा प्रविधिको विकासमा जनशक्तिले मुख्य भूमिका खेल्छ। दक्ष जनशक्ति उपलब्ध भएमा रोजगारी सिर्जना, नवीन आविष्कार, उत्पादकत्व वृद्धि, तथा मुलुकको समग्र आर्थिक वृद्धिमा सहयोग पुग्छ ।

दक्ष जनशक्ति उत्पादनका उपायहरूः

क) व्यावसायिक तथा प्राविधिक शिक्षालाई प्रवद्र्धन गर्ने।

ख) स्वदेशी रोजगारको अवसर सिर्जना गर्दै सीप विकास गर्ने तालिमहरू प्रदान गर्ने।

ग) शिक्षा प्रणालीलाई व्यवहारिक र रोजगारीमुखी बनाउने।

ज्ञछ। सङ्घीयता भनेको के हो ? यसका कुनै चारवटा फाइदाहरु उल्लेख गर्नुहोस् ।

सङ्घीयता भन्नाले अधिकार विकेन्द्रीकरण गरी विभिन्न तहका सरकारहरूबीच शक्ति बाँडफाँड गर्ने शासन प्रणाली हो ।

सङ्घीयताका चार फाइदाहरूः

स्थानीय विकासमा तीव्रता – प्रदेश तथा स्थानीय सरकारले क्षेत्रीय विकासलाई प्राथमिकता दिन सक्छ।

नीतिगत स्वायत्तता – प्रदेश तथा स्थानीय तहमा नीति निर्माण गर्ने स्वतन्त्रता हुन्छ ।

जनताको पहुँच बढ्ने – सरकार जनताको नजिक हुँदा सेवा प्रवाह प्रभावकारी हुन्छ ।

जातीय, सांस्कृतिक, भाषिक विविधताको सम्मान – विभिन्न समुदायका विशेषतालाई सम्बोधन गर्न सहज हुन्छ ।

ज्ञट। दक्ष जनशक्ति भनेको के हो ? नेपालमा दक्ष जनशक्तिका अभाव हुनका कुनै तीनवटा कारण लेखी त्यसको उत्पादनका कुनै दुईवटा उपाय लेख्नुहोस् ।

दक्ष जनशक्ति भन्नाले विशिष्ट ज्ञान, सीप, तथा तालिम प्राप्त जनशक्ति हो, जसले उत्पादनशील क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँछ ।

नेपालमा दक्ष जनशक्ति अभावका कारणहरूः

क) गुणस्तरीय शिक्षाको अभाव – शिक्षामा व्यवहारिकता र सीपमुखी प्रशिक्षणको कमी ।

ख) वैदेशिक रोजगारीको आकर्षण – सीपयुक्त जनशक्ति विदेश पलायन भइरहने प्रवृत्ति।

ग) शिक्षा र रोजगारीबीच असन्तुलन – रोजगारी सिर्जनाका अवसरहरू सीमित हुनु।

दक्ष जनशक्ति उत्पादनका उपायहरूः

क) व्यावसायिक तथा प्राविधिक शिक्षालाई अनिवार्य बनाउने।

ख) रोजगारी सिर्जना गर्ने नीति तथा कार्यक्रम लागू गर्ने।

ज्ञठ। नेपाल जलश्रोतको दोस्रो धनी देश भएपनि ऊर्जा सङ्कट दिनानुदिन बढ्दै छ । यो समस्या न्यूनिकरणका लागि सरकार र नागरिकले खेल्नुपर्ने भूमिकाहरु लेख्नुहोस् ।

ऊर्जा सङ्कट कम गर्न सरकार र नागरिक दुवैले भूमिका खेल्नुपर्छ । नेपालमा ऊर्जा सङ्कट न्यूनीकरणका लागि सरकार र नागरिकको भूमिकालाई निम्न बुँदामा लेख्न सकिन्छ ।

सरकारको भूमिकाः

क) जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जा परियोजनाहरूमा लगानी गर्ने ।

ख) विद्युत् चोरी नियन्त्रण गर्न कडा नीति लागू गर्ने।

ग) ऊर्जा क्षेत्रमा नवीन प्रविधि तथा अनुसन्धानलाई प्रवद्र्धन गर्ने।

नागरिकको भूमिकाः

क) अनावश्यक ऊर्जा खपत नियन्त्रण गर्ने ।

ख) नवीकरणीय ऊर्जाको उपयोग बढाउने।

ग) सरकारलाई ऊर्जा नीतिमा सहयोग पुर्याउने।

ज्ञड। नेपाललाई विकासित राष्ट्रको रुपमा पुर्याउन संघीय सरकार र प्रदेश सरकारको कस्तो भूमिका निर्वाह गर्नुपर्दछ ? भूमिका उल्लेख गर्नुहोस् ।

नेपाललाई विकासित राष्ट्र बनाउन संघीय सरकार र प्रदेश सरकारको भूमिका निम्नानुसार हुनु पर्छ । 

संघीय सरकारको भूमिका ः

क) दीर्घकालीन नीति निर्माण गर्ने ।

ख) राष्ट्रिय पूर्वाधार र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार्ने ।

ग) शिक्षा, स्वास्थ्य, रक्षा, तथा ठूला परियोजनाहरूको व्यवस्थापन गर्ने ।

प्रदेश सरकारको भूमिका ः

क) स्थानीय पूर्वाधार विकासमा ध्यान दिने ।

ख) प्रदेशको आर्थिक तथा सामाजिक योजना निर्माण गर्ने ।

ग) कृषि, उद्योग, पर्यटन प्रवद्र्धन गर्ने ।

ज्ञढ। संघीय सरकार र प्रदेश सरकारको गर्ने तीन÷तीन वटा कार्यहरू उल्लेख गर्नुहोस् ।

संघीय सरकार र प्रदेश सरकारको तीन÷तीन वटा कार्यहरू यस प्रकार छन् ।

संघीय सरकारका कार्यहरूः

क) वैदेशिक नीति निर्माण र कूटनीतिक सम्बन्ध स्थापना गर्ने ।

ख) राष्ट्रिय सुरक्षाको व्यवस्थापन गर्ने ।

ग) केन्द्र सरकार मातहतका ठूला परियोजना सञ्चालन गर्ने ।

प्रदेश सरकारका कार्यहरूः

क) प्रदेश भित्रका पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्ने ।

ख) शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा सुधार ल्याउने ।

ग) स्थानीय उद्योग तथा पर्यटन प्रवद्र्धन गर्ने ।

द्दण्। तपाईको प्रदेशको शान्ति सुरक्षाको अवस्थाको समीक्षा गर्दै एक अनुच्छेदमा तयार गर्नुहोस् ।

मेरो प्रदेशमा शान्ति सुरक्षा सामान्य अवस्थामा रहेको देखिन्छ । केही क्षेत्रमा चोरी, डकैती, सामाजिक अपराध, तथा सडक दुर्घटनाहरू भइरहे पनि सुरक्षाकर्मीहरू सक्रिय छन् । स्थानीय प्रशासनले शान्ति सुरक्षालाई मजबुत बनाउन रात्री गस्ती, हेल्पलाइन सेवा, तथा अनुगमनलाई प्रभावकारी बनाउँदै आएको छ । यद्यपि, लागू औषध दुव्र्यसन, भ्रष्टाचार, तथा अन्य आपराधिक गतिविधिहरू नियन्त्रण गर्न अझ सशक्त नीति आवश्यक देखिन्छ । नागरिक सचेतना, सरकारको दृढ इच्छाशक्ति, तथा प्रविधिको सहायताले शान्ति सुरक्षा अझ मजबुत बनाउन सकिन्छ ।

द्दज्ञ। तपाईँको प्रदेशको भौगोलिक अवस्थितिको सम्बन्धमा एक अनुच्छेद तयार पार्नुहोस् । 

मेरो प्रदेश लुम्बिनी प्रदेश हो । यसको भौगोलिक विविधता उल्लेखनीय छ । यस प्रदेशको उत्तरी भागमा पहाडी क्षेत्र, र दक्षिणी भागमा तराई क्षेत्र अवस्थित छन् । प्रमुख नदीहरूमा तिनाउ, राप्ती, बबई, र बाणगङ्गा पर्दछन्, जसले प्रदेशको जल सम्पदामा योगदान पु¥याउँछन् । कर्णाली र कालीगण्डकी नदीहरू क्रमशः सुदूर पश्चिम प्रदेश र गण्डकी प्रदेशसँगको सिमाना निर्धारण गर्छन् । हावापानीको हिसाबले यहाँ उपोष्णदेखि सितोषण प्रकारका जलवायु पाइन्छन्, जसले कृषि, पर्यटन, र जनजीवनमा विविधता ल्याएको छ । यस प्रदेशमा भौगोलिक विविधताका कारण यहाँ बोलिने भाषा, भेषभूषा र संस्कृतिमा विविधता पाइन्छ । यहाँ पाइने वनस्पत्ति र जीवजन्तुमा पनि भौगोलिक अवस्थिति अनुसार जैविक विविधता पाइन्छ । 

द्दद्द। तपाईको प्रदेशका मुख्य आर्थिक गतिविधिहरूको के के हुन् ? लेख्नुहोस् ।

मेरो प्रदेश लुम्बिनी प्रदेशका मुख्य आर्थिक गतिविधिहरू मुख्यतः कृषि, पर्यटन र उद्योगमा आधारित छन् । 

कृषिः प्रदेशका तराई र भित्री मधेशका जिल्लाहरूमा उर्वर भूमि र अनुकूल मौसमका कारण धान, गहुँ, मकै, तोरी, तरकारी, उखु, कफी, अदुवा जस्ता नगदे बालीहरूको उत्पादन प्रचुर मात्रामा हुन्छ। साथै, पशुपालन, मत्स्यपालन, मौरीपालन, र कुखुरापालन जस्ता गतिविधिहरू पनि आम्दानीका स्रोतहरू हुन्।

पर्यटनः गौतम बुद्धको जन्मस्थल लुम्बिनी, स्वर्गद्वारी, सुपा देउराली, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज जस्ता धार्मिक, सांस्कृतिक, र प्राकृतिक स्थलहरू पर्यटकहरूको आकर्षणका केन्द्रहरू हुन् । थारु, मगर, अवध, मुस्लिम आदि समुदायहरूको विशिष्ट संस्कृतिहरूले पनि पर्यटन प्रवद्र्धनमा योगदान पु¥याएका छन् ।

उद्योगः रुपन्देही, बाँके, कपिलवस्तु, र दाङ जिल्लाहरूमा विभिन्न उद्योगहरू सञ्चालनमा छन्, जसमा सिमेन्ट, कपडा, खाद्य पदार्थ, र अन्य उत्पादनहरू समावेश छन् । भैरहवामा विशेष आर्थिक क्षेत्र (क्भ्श्) को स्थापना, बुटवल र नेपालगञ्जमा औद्योगिक क्षेत्रहरूको विकासले औद्योगिक गतिविधिहरूलाई थप प्रवद्र्धन गरेको छ।

द्दघ। तपाईको प्रदेशमा आफ्नो पालिकामा बसोबास गर्ने मुख्य मुख्य जातजातिहरु, तिनीहरुको चाडपवृको खोजी गरी लेख्नुहोस् ।

म लुम्बिनी प्रदेश अन्र्तगतको कपिलवस्तु जिल्ला बाणगङ्गा नगरपालिकामा बसोबास गर्दछु । बाणगङ्गा नगरपालिका कपिलवस्तु जिल्लामा अवस्थित एक ऐतिहासिक, धार्मिक, पर्यटकिय, र व्यापारिक महत्वको क्षेत्र हो । यहाँ विभिन्न जातजातिहरूको मिश्रित बसोबास रहेको छ, जसमा थारु, ब्राह्मण, क्षेत्री, गुरुङ, मगर, दलित, यादव, र मुसलमान समुदायहरू प्रमुख छन्। यी समुदायहरूले आ–आफ्ना परम्परागत चाडपर्वहरू मनाउँछन् ।

थारु समुदायः माघी, फागु (होली), दीपावली, आदि।

ब्राह्मण÷क्षेत्री ÷दशनामी÷ दलित समुदायः दशैं, तिहार, तीज, जनै पूर्णिमा, आदि ।

गुरुङ समुदायः ल्होसार, दशैं, तिहार, आदि ।

मगर समुदायः माघे संक्रान्ति, ल्होसार, दशैं, तिहार, आदि ।

दलित समुदायः हिन्दू चाडपर्वहरू जस्तै दशैं, तिहार, छठ, आदि ।

यादव समुदायः छठ, कृष्ण जन्माष्टमी, आदि।

मुसलमान समुदायः ईद उल–फित्र, ईद उल–अजहा, रमजान, आदि ।

द्दद्ध। तपाईको प्रदेशमा सञ्चालित विकास आयोजनाहरूमध्ये कुनै एकमा आधारित भई समाचार बनाउनुहोस् ।

लुम्बिनी प्रदेशमा सञ्चालित विकास आयोजना सम्बन्धी समाचार

भैरहवामा विशेष आर्थिक क्षेत्र (क्भ्श्) सञ्चालनमा, औद्योगिक विकासमा नयाँ युगको सुरुवात

भैरहवा, लुम्बिनी प्रदेश,

लुम्बिनी प्रदेशको भैरहवामा स्थापित विशेष आर्थिक क्षेत्र (क्भ्श्) ले औद्योगिक विकासमा नयाँ युगको सुरुवात गरेको छ। यस क्भ्श् को स्थापना सँगै विभिन्न उद्योगहरू सञ्चालनमा आएका छन्, जसले स्थानीय रोजगारी सिर्जना, निर्यात प्रवद्र्धन, र आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार, क्भ्श् भित्र हालसम्म विभिन्न क्षेत्रका उद्योगहरू स्थापना भइसकेका छन्, जसमा सिमेन्ट, कपडा, खाद्य पदार्थ, र इलेक्ट्रोनिक्स उत्पादन गर्ने उद्योगहरू प्रमुख छन्। स्थानीय उद्यमीहरूका अनुसार, क्भ्श् को सुविधाजनक पूर्वाधार, कर छुट, र अन्य प्रोत्साहनहरूले उद्योग स्थापनामा आकर्षण बढाएको छ।

स्थानीय बासिन्दाहरूले क्भ्श् को सञ्चालनले रोजगारीका अवसरहरू वृद्धि भएको अनुभव गरेका छन्। “पहिले रोजगारीका लागि बाहिर जानुपथ्र्यो, अहिले यहीँ काम पाएका छौं,“ स्थानीय युवा रमेश यादवले भने । साथै, स्थानीय व्यवसायीहरू पनि क्भ्श् को प्रभावले व्यापार वृद्धि भएको बताउँछन् ।

विशेषज्ञहरूका अनुसार, भैरहवा क्भ्श् को सफल सञ्चालनले लुम्बिनी प्रदेशलाई औद्योगिक हबको रूपमा स्थापित गर्न मद्दत गर्नेछ, जसले समग्र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ ।


Post a Comment

Thank you for your comment

أحدث أقدم