>
– क्षेत्रप्रताप अधिकारी
ः
घामजस्ता बाबुहरू
जूनजस्ता नानी
अँधेरीमा बत्ती बन
पँधेरीमा पानी ।
आज राम्रो पढ बाबा
भोलि राम्रो हुन्छ
तिमी राम्रो भयौ भने
देशै राम्रो हुन्छ ।
नेपाल अझै ठूलो हुन्छ
तिमी बढेपछि
हिमाल अझै अग्लो हुन्छ
तिमी चढेपछि ।
स्वर्गभन्दा ठूलो हुन्छ
आफ्नो मातृभूमि
बुझिराख सम्झिराख
आजैदेखि तिमी ।
१. चित्र हेर र मिल्ने शब्दमा घेरा लगाऊ ः
घम घाम घामा हमल हिमला हिमाल
जून जन जूना धार धरा धारा
२. शब्द र अर्थको जोडा मिलाऊ ः
शब्द अर्थ
पँधेरी अँध्यारो
अँधेरी पँधेरो
मातृभूमि चन्द्रमा
जून सूर्य
घाम जन्मेको ठाउँ
३. कापीमा सार ः
घाम रक्षा पानी नानी हिमाल बाबु
४. तिमीलाई मन पर्ने वस्तुको चित्र बनाएर नाम लेख ।
إرسال تعليق
Thank you for your comment