कोभिड–१९ पुनः संक्रमण ः सम्भावना र यथार्थ
दक्षिण कोरियाको सियोल राष्ट्रिय विश्वविद्यालय अस्पतालका डाक्टर ओह म्याउलन्ग–डोनका अनुसार कोरोनाभाइरस पत्ता लगाउन प्रयोग गरिएको विधि, जसलाई पोलीमेरेज चेन रिएक्शन (पीसीआर) भनिन्छ, त्यसले आनुवंशिक सामग्री (आरएनए वा डीएनए) लाई संक्रामक भाइरस र “मृत“ भाइरसका टुक्रा बीच भिन्नदा छुट्याउन सक्दैन जुन शरीरमा लामो समयसम्म निको भएको व्यक्तिमा हुन सक्छ ।
न्यु योर्क युनिभर्सिटीको जीवविज्ञान र न्यूरल साइंसका प्राध्यापक क्यारल शोशकसको भनाईमा संक्रमण पछि निको भएकाहरुमा पुनः संक्रमण हुने सम्भावना हुन सक्दैन यद्यपि उनीहरुमा देखिने सकारात्म परिक्षण उनीहरूसँग अवशेषका रुपमा रहेको निष्क्रिर्य भाइरल आरएनएको सानो टुक्राहरुका कारणले हुन सक्छ ।
निकाे भएकाे व्यक्तिमा भाइरसलाई हराइसकेपछि स्वास प्रश्रास मार्गमा मरिसकेका अनावश्यक कोषहरूका टुक्राहरु फोहरको रुपमा रहेको हुन्छ । यी भाइरसले मारिसकेका कोषभित्र असंक्रमित भाइरसका असंख्य खडित अवशेषहरु रहेका हुन्छन् ।
कोही संक्रामक भाइरस बाट संक्रमित छ वा भाइरससँग पुनः संक्रमित भइरहेको छ वा छैन भनेर निर्धारण गर्न पूर्ण रूपमा बिभिन्न प्रकारको परीक्षणको आवश्यक पर्दछ, जुन सामान्यतया गरिएको छैन, रेसले भने । भाइरसलाई जस्तो छ त्यसको परीक्षण गर्नुको सट्टा, प्रयोगशाला प्राविधिकहरूले यसको कल्चर (बृद्धि), वा त्यो भाइरसलाई प्रयोगशालामा नियन्त्रित वातावरणमा कल्चर गरी यो बद्धि गर्न सक्षम छ वा छैन भनि अध्ययन गर्नुपर्छ ।
रोग नियन्त्रण तथा रोकथाम केन्द्र दक्षिण कोरियाका अनुसार दक्षिण कोरियामा निको भई सकेका बिरामीलाई पुनः परिक्षण गर्दा सकारात्मक परिणाम आएका बिरामीहरुद्धारा भाइरस फैलाउने क्षमता निकै कमजोर वा न्यून हुन्छ ।
रेसको भनाईमा दुई पटक सकारात्मक परीक्षण देखिएका बिरामीहरू दक्षिण कोरियामा मात्र सीमित छैनन् । तिनीहरू चीन र जापान लगायतका अन्य देशहरूमा पनि छन् । तर वैज्ञानिक समुदायमा सामान्य सहमति के छ भने नयाँ कोरोनाभाइरस आजको मिति सम्म उपलब्ध सबै जानकारी अनुसार यस भाइरसले मानिसहरूलाई पुनः संक्रमित गरिरहेको छैन, अपितु क्रुटिपूर्ण सकारात्मक परीक्षणले गर्दा यस्तो देखिएको हो ।
त्यसबाहेक हेराल्ड पत्रिका अनुसार, ओहोको भनाइमा “धेरैजसो भाइरसहरु जस्तै एच आई भी र दादुराका भाइरसहरु बृन्द (होस्ट) कोषको केन्दिकामा प्रवेश गरी वंषाणु संग एकिकृत भई वर्षौ सम्म अव्यक्त रहन सक्छन् र पुनः सक्रिय हुन सक्छन् । त्यसैले कहिले काहिँ एकपटक दादुरा भएको व्यक्तिमा पुनः दादुरा देखिन सक्छ । तर कोरोना भाइरसले नयाँ भाइरस उत्पादन गर्ने प्रक्रिया बृन्द(होस्ट) कोषहरूमा मात्र हुन्छ र न्यूक्लियसमा प्रवेश गर्दैन । कोरोनाभाइरस केन्दिकामा प्रवेश गर्नको सट्टामा कोषको केन्द्रको बाहिर रहन्छ, चाँडै फुटेर अर्को कोशिकामा प्रवेश गर्दछ । यसको अर्थ यो कोरोनाभायरस संक्रमण पछि चाँडै शरीर मा पुनः सक्रिय हुने धेरै सम्भावना हुँदैन ।
सकारात्म पक्ष के छ भने अहिले सम्म यस भाइरसले अत्यन्तै साना अनुवंशिक परिवर्तनहरू पार गरिरहेको यसलाई पहिले नै संक्रमित भएका व्यक्तिहरूको प्रतिरक्षा प्रणालीले मार्न सक्छ । यदि भाइरसले आफ्नो आनुवंशिक परिवर्तन पर्याप्त बनायो भने मात्र सार्स–कोभ–२ सँग लड्ने एन्ंटीबाडीलाई प्रास्त गर्न सक्छ र पुनः संक्रमण हुन सक्छ तर त्यसको अहिले सम्म कुनै सम्भावना देखिएको छैन । तसर्थ अहिले सम्मको अध्ययनले यस भाइरसमा भएका स–साना परिवर्तनले पुनः संक्रमण हुने सम्भावना असम्भव देखिन्छ ।
रेसको धारणा अनुसार यदि यो भाइरसले दादुराको भाइरसको रुपमा व्यवहार देखायो भने पनि यो प्रतिरक्षा स्मृतिमा छापको रुपमा रहने छ । यस अवस्थामा समय सँगै एन्टीबोडीको मात्रा घट्दा पनि व्यक्तिको स्मृतिकोषको जनसंख्या स्थिर रहन्छ । यस अवस्थामा पुनः भाइरसको सम्पर्कमा आउँदा एन्टीबडीको उत्पादन तिब्र रुपमा बढ्छ । यसका लागि हाम्रो प्रतिरक्षा प्रणालीमा रहेका सेनाको शक्तिको अध्ययन र प्रतिरक्षा सेनाले हाम्रो सुरक्षा कति समयसँग गर्न सक्छन् भन्ने विषयमा अध्ययन गर्नु आवश्यक छ ।
إرسال تعليق
Thank you for your comment