साइटोकाइन रिलीज सिन्ड्रोम (सीआरएस्) ः सन्दर्भ कोभिड–१९

Plasma Therapy or AntiVirals: Possible Treatment to COVID-19 Pandemic?

w'|a kf}8]n
किन कोभिड–१९ का बिरामीहरुमा फरक–फरक लक्षणहरु देखिने गर्दछ ?
अहिलेको परिपेक्ष्यमा एउटा ठूलो प्रश्न उठ्दै गईरहेको छ कि किन कोभिड–१९ का बिरामीहरुमा फरक फरक 
लक्ष्ण देखिने गरेको छ ? अझ नेपालको सन्दर्भमा जटिल खालका लक्ष्णहरु बिरलै देखिएको छ । धेरै जसो गम्भीर अवस्थाका बिरामीहरु प्हिलो हप्ता निको भए जस्तो लक्ष्ण देखिन्छ तर पछि अवस्था बिग्रदैँ गई बिमारीको मृत्यु सम्म हुन सक्छ । 
यस किसिमको अवस्था मुख्यतः युवा र कुनै दीर्घकालिन रोग नलागेका बिरामीहरुमा देखिन्छ । यो किन प्रतिरक्षा प्रणाली राम्रो भएका व्यक्तिहरु देखा पर्छ भन्ने कुराले अनुसंधानकर्ता तथा वैज्ञानिकहरुलाई अचम्भित बनाएको छ । अनुसन्धानकर्ताहरु यसको दोष बिरामीको आफ्नै प्रतिरक्षा प्रणालीलाई दिन्छन् । यसको कारक हो साइटोकाइन रिलीज सिन्ड्रोम वा साइटोकाइन स्ट्रोम ।

साइटोकाइन रिलीज सिन्ड्रोम (सीआरएस्)
सीआरएस् एक तिब्र गतिमा चल्ने वायु (आँधी) जस्तै तिब्र वा अत्याधिक प्रतिरक्षा प्रथालीको प्रतिक्रिया हो जसले ज्वरो उत्पन्न गर्ने देखि शरीर विभिन्न अंगलाई कार्यविहिन बनाउन सक्छ । (पोर्टर र मेलोनी, २०१९)

यदि भाइरल संक्रमणलाई एउटा घरमा आगो लागे जस्तै मानौ भने, त्यस अवस्थामा धुवा पत्ता लगाउने यन्त्र बज्छ जसले गर्दा अग्नि नियन्त्रक अथवा नजिकका व्यक्तिहरुलाई अग्नि नियन्त्रण गर्न सजक बनाउँछ । आगो निभिसकेपछि मात्र यन्त्र बज्न छोड्छ । तर यदि धुवा पत्ता लगाउने यन्त्रले आगो नियन्त्रण भई सकेपछि पनि कुनै कारणवश बज्न छोडेन भने के हुन्छ । निश्चय नै अग्नि नियन्त्रकले थप रासायन वा पानी खनाई रहने छन् जसले गर्दा घरमा अनावश्यक क्षति पु¥याउँछ । जसरी बिग्रीएको धुवा सेन्सरको गलत संकेतले घरमा थप क्षति पु¥याउन सक्छ त्यसरी नै सीआर एसले काम गर्दछ ।

जब हाम्रो प्रतिरक्षा प्रणाली आक्रमणमा पर्छ, साइटोकाइनहरु (आईएल–२, आईएल–६, आईएल–१०, टि.एन.एफ–अल्फा) सक्रिय भई प्रतिरक्षा कोषलाई भाइरससँग लड्न तयार रहनको लागी घण्टी बजाई आवहान गर्छ र प्रतिरक्षा कोषहरु भाइरससँग लड्छन् । तर केही व्यक्तिहरुमा साइटोकाइनहरुको उत्पादन रोकिँदैन जसले गर्दा प्रतिरक्षा कोषहरुले व्यक्तिको कोषलाई भाइरसले क्षति गर्नुभन्दा बढी क्षति गराउँछन् । कहिले काँही साइटोकाइन आँधीले उच्च स्वासप्रस्वास लक्ष्णहरुलाई उत्तेजक बनाई फोक्सोलाई निस्कृय बनाउँछ र व्यक्तिको ज्यान लिन्छ । लगभग ४० प्रतिशत बिरामीहरु सीआरएसका कारणले मृत्यु भएको वैज्ञानिकहरुको धारणा छ । 
सीआरएस संक्रात्मक र असंक्रात्मक बिरामीहरु जस्तै सार्स, मर्स, इन्फ्ल्युएन्जा, बेक्टेरीया संक्रमण, पेन्क्रियाटाइटीसमा पनि देखिन्छ । अनुसन्धानकर्ताका अनुसार १९१८को एच१एन१, स्पेनिस फ्लु, १९५७को एच२एन२ एसियन इन्फ्लुएन्जा, १९६८को एच३एन३ हङकङ इन्फ्ल्ुएन्जा, २००९को एच१एन१ महामारी इन्फ्लुएन्जा जस्ता महामारी र सूरुवा रोगहरुमा अत्यधिक रोगीहरु साइटोकाइन आँधीका कारण मरेका हुन । (लिउ, जोहु र याङ्ग, २०१६) 
यस्ता बिरामीहरुमा अनुसन्धानकर्ताहरुले साइटोकाइन्सको अत्यधिक बृद्धिले विशेषतः जसले म्याकोफेजको स्थानात्रण र सक्रियतालाई बढाएको पाए । म्याकोफेज त्यसता सेतो रक्तकोषिकाहरु हुन जसले रोगजनक संक्रामक जिवाणुहरुलाई हटाउने र सुजन (सुन्निु) नियमन गर्ने गर्दछन् । यदि म्याकोफेजहरु कोभिड–१९ ग्रसित बिरामीमा स्थानात्रण भई फोक्सोमा पुगे भने तिनिहरुले फोक्सोमा सुजन उत्पादन गरी स्वासप्रस्वास प्रकृयालाई बन्द गराउँछन् र अन्त्यतः बिरामीको मृत्यु हुन्छ ।

References
 
Liu, Q., Zhou, Y. & Yang, Z. (2016). The cytokine storm of severe influenza and development of immunomodulatory therapy. 
Cellular and Molecular Immunology. Retrieved from https://www.ncbi.nlm.nih.gov/pmc/articles/PMC4711683/
Porter, D.L. & Maloney, D. G. (2019). Cytokine release syndrome (CRS). UpToDate. Retrieved from https://www.uptodate.com/contents/cytokine-release-syndrome-crs? 

Post a Comment

Thank you for your comment

Previous Post Next Post